महेन्द्र मा वि गुणादीको ५१ औँ वार्षिकोत्सवमा शिक्षक परिवारलाई विशेष सम्मान

महेन्द्र मा वि गुणादीको ५१ औँ वार्षिकोत्सवमा शिक्षक परिवारलाई विशेष सम्मान


म्याग्दे — श्री महेन्द्र माध्यमिक विद्यालयले आफ्नो ५१ औँ वार्षिकोत्सवको अवसरमा शैक्षिक क्षेत्रमा उत्कृष्ट योगदान पुर्‍याउने विद्यालयका शिक्षक परिवारलाई विशेष सम्मान प्रदान गरेको छ।
बिद्यालयकाे ५१ औ वार्षिकोत्सब समारोहमा म्याग्दे गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद श्रेष्ठ, उपाध्यक्ष बालकृष्ण घिमिरे, तथा विद्यालय व्यवस्थापन समिति अध्यक्ष बिनोददत्त खनालले सम्मानपत्र र पुरस्कार वितरण गरे।

विद्यालयले एस.इ.ई. परीक्षामा सर्वाधिक विद्यार्थी उत्तीर्ण र कक्षा १२ मा शतप्रतिशत सफलतासहित गाउँपालिकाभित्र प्रथम स्थान हासिल गरेको उपलब्धिलाई यस अवसरमा विशेष रूपमा सम्मान गरिएको थियो।
कार्यक्रममा शिक्षक, अभिभावक र स्थानीय समुदायका प्रतिनिधिहरू लगायत अभिभावक तथा बिद्यार्थीहरू उपस्थित थिए। समारोहले विद्यालयको शैक्षिक सफलता र उज्ज्वल भविष्यप्रति गर्व र उत्साह व्यक्त गरेको थियो।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

You cannot copy content of this page