विद्यानाथ ढकालको घरदैलो अभियान तीव्र,५०१ सदस्यीय प्रचारप्रसार समिति गठन

विद्यानाथ ढकालको घरदैलो अभियान तीव्र,५०१ सदस्यीय प्रचारप्रसार समिति गठन

नेपाली कम्युनिष्ट पार्टी तनहुँ क्षेत्र नं. १ का प्रतिनिधिसभा उम्मेदवार विद्यानाथ ढकालले घरदैलो भेटघाटमार्फत चुनावी प्रचारलाई तीव्र बनाएका छन्। व्यास नगरपालिकाका विभिन्न वडामा मतदातासँग प्रत्यक्ष भेटघाट गर्दै ढकाल चुनावी अभियानमा व्यस्त देखिएका छन्।
जनताको घरआँगनमै पुगेर समस्या, आवश्यकता र अपेक्षा सुन्ने क्रममा ढकालले शिक्षा, स्वास्थ्य, रोजगारी र स्थानीय विकासलाई प्रमुख एजेन्डाका रूपमा अघि सारेका छन्। जनमुखी र सहभागितामूलक विकासका लागि आफू प्रतिबद्ध रहेको उनले बताएका छन्।
ढकालको निर्वाचन परिचालनलाई प्रभावकारी बनाउन व्यासमा रामचन्द्र सापकोटाको कमाण्डमा ५०१ सदस्यीय प्रचार–प्रसार समिति गठन गरिएको छ। दमौलीमा आयोजित एकता सन्देश बैठक तथा उम्मेदवार परिचय कार्यक्रममा उक्त समिति सार्वजनिक गरिएको हो।


उक्त कार्यक्रममा प्रतिनिधिसभा उम्मेदवार सोमबहादुर थापासहित पार्टीका केन्द्रीय सदस्यहरू हरिबहादुर चुमान, आशा कोइराला, शिवलाल थापा, कलिला खान, ओमकुमारी पौडेल, प्रदेश सहसचिव अतिन्द्रकेशरी न्यौपाने, जिल्ला संयोजक पारस गौलीलगायतका नेताहरूको उपस्थिति रहेको थियो। कार्यक्रमको स्वागत व्यास नगर समितिकी उपाध्यक्ष देवका देवी पौडेलले गर्नुभएको थियो।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

You cannot copy content of this page