ढोरबाराही मन्दिरमा पूजा गरी भण्डारीकाे चुनावी अभियान सुरु, दलबलसहित मन्दिरमा पुगे

ढोरबाराही मन्दिरमा पूजा गरी भण्डारीकाे चुनावी अभियान सुरु, दलबलसहित मन्दिरमा पुगे

तनहुँ । तनहुँ क्षेत्र नं.२ का कांग्रेस उम्मेदवार एवम् पूर्व मन्त्री शंकर भण्डारीले प्रसिद्ध धार्मिक स्थल ढोरबाराही मन्दिरमा पूजा–अर्चना गरी आफ्नो चुनावी प्रचार–प्रसार अभियान सुरु गर्नुभएको छ।
उम्मेदवार भण्डारी नेपाली कांग्रेसका नेता तथा कार्यकर्ताहरूको दलबलसहित मन्दिरमा पुग्नुभएको थियो। पूजा सम्पन्न पश्चात उहाँले फागुन २१ गते हुने निर्वाचनमा विजय हासिल गर्ने विश्वास व्यक्त गर्नुभयो।


उहाँले क्षेत्रका मतदाता, शुभेच्छुक तथा पार्टी कार्यकर्ताहरूको सक्रिय सहयोग र समर्थनको अपेक्षा समेत गर्नुभएको छ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

You cannot copy content of this page