व्यास क्षेत्रलाई विश्व माझ चिनाउने संकल्पसहित राप्रपाका अभिषेकको चुनावी प्रचार तीव्र

व्यास क्षेत्रलाई विश्व माझ चिनाउने संकल्पसहित राप्रपाका अभिषेकको चुनावी प्रचार तीव्र


तनहुँ । व्यासभूमि, आदिप्रयाग, वेदव्यासको तपोभूमि तथा पवित्र मादी सेती नदी बग्ने क्षेत्रका रूपमा परिचित व्यास क्षेत्रलाई विश्व माझ चिनाउने संकल्पसहित राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का केन्द्रीय सदस्य तथा धार्मिक अभियन्ता अभिषेक जोशीको तनहुँ क्षेत्र नम्बर १ मा चुनावी प्रचारप्रसार तीव्र बन्दै गएको छ।
धर्म, संस्कृति र राष्ट्रको पहिचान जोगाउँदै समृद्धि र सुशासनको मार्गमा यस क्षेत्रलाई अघि बढाउने प्रतिबद्धता सहित जोशी जनतामाझ पुगेका छन्। राप्रपाले मुलुक लुटतन्त्र, भ्रष्टाचार, कुशासन तथा विदेशी प्रभावको चपेटामा परेको आरोप लगाउँदै राष्ट्र, धर्म, संस्कृति र स्वाभिमानको पक्षमा उभिने राजनीतिक शक्ति आफूहरू भएको दाबी गरेको छ।
राप्रपाको प्रमुख राजनीतिक एजेन्डामा राजसंस्थाको पुनःस्थापना, हिन्दु राष्ट्रको पुनःघोषणा, प्रदेश संरचनाको खारेजी तथा जनताबाट प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीको व्यवस्था रहेका छन्।

यसैबीच, अभिषेक जोशीको चुनावी अभियानलाई लिएर सामाजिक सञ्जालमा समेत समर्थन बढ्दै गएको छ। सामाजिक अभियन्ता दिलनिशानी मगर र विश्लेषक तथा अभियन्ता भिम उपाध्याय लगायतका व्यक्तिहरूले सामाजिक सञ्जालमार्फत जोशीको अभियानप्रति ऐक्यबद्धता जनाएका छन्।


राप्रपा तनहुँका निवर्तमान अध्यक्ष विनोद घर्तीले तनहुँ क्षेत्र नम्बर १ का मतदातालाई हलो चिन्हमा मतदान गर्न आह्वान गरेका छन्। उनका अनुसार जोशीको चुनावी अभियान व्यक्ति केन्द्रित नभई राष्ट्र, धर्म र संस्कृतिको संरक्षणसँग जोडिएको अभियान हो।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

You cannot copy content of this page