डुम्रे सांस्कृतिक परिवारको अध्यक्षमा शम्भु श्रेष्ठ सर्वसम्मत

डुम्रे सांस्कृतिक परिवारको अध्यक्षमा शम्भु श्रेष्ठ सर्वसम्मत


डुम्रे, माघ २४
तनहुँको डुम्रेमा रहेको डुम्रे सांस्कृतिक परिवारको अध्यक्षमा शम्भु श्रेष्ठ सर्वसम्मत निर्वाचित हुनुभएको छ।
शनिबार सम्पन्न अधिवेशनले उपाध्यक्षमा शिवकुमार श्रेष्ठ, सचिवमा सुरज खनाल, सह–सचिवमा अभिषेक पिया, कोषाध्यक्षमा अविजेश पिया चयन गरेको छ। त्यसैगरी सदस्यहरूमा रोमन श्रेष्ठ, लिंकन श्रेष्ठ, प्रजुल पिया र विस्मिता तामाङ सर्वसम्मत निर्वाचित हुनुभएको छ।


अधिवेशन परिवारका निवर्तमान अध्यक्ष बिक्की गुरुङको अध्यक्षतामा सम्पन्न भएको राम जोशीले जानकारी दिनुभयाे ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

You cannot copy content of this page