म्याग्दे–५ रास्वपाको प्रथम वडा अधिवेशन सम्पन्न , सभापतिमा तुलबहादुर थापा

म्याग्दे–५ रास्वपाको प्रथम वडा अधिवेशन सम्पन्न , सभापतिमा तुलबहादुर थापा


तनहुँ–म्याग्दे गाउँपालिका–५ (साउनेपानी) मा राष्ट्रिय स्वतन्त्र पार्टीको पहिलो वडा अधिवेशन सम्पन्न भएको छ। गाउँपालिका सभापति मनोज अधिकारीको सभापतित्व रहेको कार्यक्रममा तनहुँ–२ का उम्मेदवार वरिष्ठ इन्जिनियर श्रीराम न्यौपानेकाे प्रमुख आतिथ्यता रहेको थियो ।
अधिवेशनबाट तुल बहादुर थापा वडा सभापतिमा सर्वसम्मत निर्वाचित भएका छन्। यस्तै उपसभापतिमा पूर्णीमा कुमाल, सचिवमा शान्ति आले तथा सदस्यहरूमा मिरा श्रेष्ठ, अशोक शाही, बुद्धि बि.क, कुल बहादुर थापा र मनिष बि.क निर्वाचित भएका छन्। नव निर्वाचित कार्यसमितिलाई उम्मेदवार न्याैपानेले बधाई दिँदै सफल कार्यकालको शुभकामना व्यक्त गरेका छन् ।

कार्यक्रममा स्थानीय कार्यकर्ता र समर्थकहरूको उल्लेख्य उपस्थिति रहेको थियो। अधिवेशनले संगठन सुदृढीकरण, जनसम्पर्क विस्तार र आगामी कार्यक्रमहरू प्रभावकारी रूपमा सञ्चालन गर्ने प्रतिबद्धता व्यक्त गरेको पार्टीका म्याग्दे सभापति मनाेज अधिकारीले बताए ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

You cannot copy content of this page