शुक्लागण्डकीमा ५१ सदस्यीय ‘जेन्जी रेड फोर्स’ गठन
शुक्लागण्डकी, फागुन १
३१ औँ जनयुद्ध दिवसको अवसरमा शुक्लागण्डकीमा सम्पन्न नगरस्तरीय ‘Gen Z’ भेलाले निशचल गौतमको अध्यक्षतामा ५१ सदस्यीय ‘जेन्जी रेड फोर्स’ गठन गरेको छ।
देशमा पछिल्लो समय देखिएको ‘जेन्जी विद्रोह’पछि विभिन्न राजनीतिक दल तथा संगठनहरूमा नयाँ पुस्तालाई समेट्ने क्रम तीव्र भइरहेका बेला शुक्लागण्डकीका युवाहरू पनि संगठित भएका हुन्। भेलाले युवाहरूको प्रतिनिधित्व र सक्रियता पछिल्लो राजनीतिक परिवर्तनमा अनिवार्य रहेको निष्कर्ष निकालेको छ।
नवगठित समितिका पदाधिकारीहरूमा उपाध्यक्षमा निक राना, अरविन थापा र दिपेश मगर चयन भएका छन्। त्यसैगरी सचिवमा अनिषा गौतम, सह–सचिवमा किस्मत महत र कोषाध्यक्षमा सविन पुन चयन भएका छन्। समितिको इन्चार्जमा सुशान्त पौडेल चयन भएका छन्।

५१ सदस्यीय यस समितिले नगरस्तरमा युवा–केन्द्रित एजेन्डा अघि सार्दै संगठन सुदृढीकरण, नेतृत्व विकास तथा सामाजिक–राजनीतिक सचेतनाका कार्यक्रम सञ्चालन गर्ने जनाएको छ।


























