ने क पा एमालेका पुर्व काेशाध्यक्ष श्रेष्ठले दिए राजीनामा

ने क पा एमालेका पुर्व काेशाध्यक्ष श्रेष्ठले दिए राजीनामा

वि.सं. २०३८ सालदेखि नेपाल कम्युनिष्ट पार्टी (एमाले) को संगठित सदस्य रहँदै व्यास नगर कमिटीकाे सदस्य हुँदै काेशाध्यक्ष बनेर बसेका रत्नकुमार श्रेष्ठले पार्टीको साधारण सदस्यसमेत नरहने गरी राजीनामा दिएका छन्। उनले २०८२ साल फागुन ४ गतेदेखि लागू हुने गरी पार्टी परित्याग गरेको जानकारी गराएका छन्।
व्यास नगरपालिका–३, दमौली निवासी श्रेष्ठ लामो समयदेखि पार्टी संगठनमा सक्रिय रहँदै आएका थिए। उनी नेकपा (एमाले) व्यास नगर कमिटी का पूर्व कोषाध्यक्षसमेत हुन्। पार्टीमा करिब चार दशकभन्दा बढी समय योगदान दिएका श्रेष्ठले राजीनामासँगै उनलेे सम्पूर्ण पार्टी नेतृत्व र साथीहरूलाई धन्यवाद व्यक्त गरेका छन्।

श्रेष्ठले जारी गरेको सूचनामा वि.सं. २०३८ सालदेखि संगठित सदस्यका रूपमा पार्टीमा आबद्ध रही सक्दो योगदान पुर्‍याएको उल्लेख गर्दै हाल व्यक्तिगत निर्णयअनुसार पार्टीबाट अलग भएको जनाएका छन्।
उनको राजीनामापछि व्यास नगरको स्थानीय राजनीति तरंगित बनेको छ ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

You cannot copy content of this page