समृद्ध तनहुँको संकल्पसहित शुक्रबार बालेन र रवि सहित राष्ट्रिय स्वतन्त्र पार्टीको बृहत् सडक यात्रा

समृद्ध तनहुँको संकल्पसहित शुक्रबार बालेन र रवि सहित राष्ट्रिय स्वतन्त्र पार्टीको बृहत् सडक यात्रा

दमौली, तनहुँ — राष्ट्रिय स्वतन्त्र पार्टी ले “समृद्ध तनहुँको संकल्प” नारासहित फागुन १५ गते शुक्रबार तनहुँमा बृहत् सडक यात्रा आयोजना गर्ने भएको छ। कार्यक्रममा पार्टी अध्यक्ष रवि लामिछाने तथा वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) सहभागी हुने कार्यक्रम तय गरिएको छ।
पार्टीका अनुसार सडक यात्रा दिउँसो ३ बजे मुग्लिङ पुलबाट सुरु हुनेछ। त्यसपछि ३:१५ बजे आँबूखैरेनी, ४ बजे डुम्रे, ४:३० बजे दमौली र ५:३० बजे दुलेगौंडामा पुगेर कार्यक्रम समापन हुनेछ।
यस कार्यक्रममार्फत स्थानीय नागरिकसँग प्रत्यक्ष संवाद, विकासका प्राथमिकता तथा सुशासनका एजेन्डा प्रस्तुत गरिने पार्टीले जनाएको छ। तनहुँका उम्मेदवारहरूको सहभागितासमेत रहने र जिल्लाको समग्र विकासका लागि ठोस कार्ययोजना सार्वजनिक गरिने तयारी छ।
जिल्लामा बढ्दो राजनीतिक सक्रियताबीच आयोजना हुन लागेको यस सडक यात्रालाई पार्टीको संगठन विस्तार र शक्ति प्रदर्शनका रूपमा हेरिएको छ। स्थानीय तह तथा आगामी राजनीतिक कार्यक्रमलाई लक्षित गर्दै शीर्ष नेतृत्वको सहभागिताले कार्यक्रमलाई विशेष महत्व दिने दावी गरिएको छ ।

सडक यात्रामा सर्वसाधारण, समर्थक तथा शुभेच्छुकहरूलाई उपस्थितिका लागि पार्टीले आह्वान गरेको छ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

You cannot copy content of this page