रास्वपामा अनिल अधिकारीको प्रवेश
तनहुँ जिल्लाको दुलेगौंडा मा आयोजित विशेष कार्यक्रममा म्याग्दे १ का जुझारु युवा तथा सफल व्यवसायी अनिल अधिकारीले आधिकारिक रूपमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मा प्रवेश गर्नुभएको छ।
उहाँलाई पार्टीका उपसभापति डा. स्वर्णिम वाग्ले तथा तनहुँ–२ का उम्मेदवार श्रीराम न्यौपाने ले स्वागत गर्नुभएको थियो। कार्यक्रममा स्थानीय युवा, समर्थक तथा शुभेच्छुकहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

ऊर्जावान व्यक्तित्वका धनी अधिकारीको प्रवेशसँगै म्याग्दे क्षेत्रसहित तनहुँ जिल्लामा रास्वपाको संगठन थप सुदृढ हुने विश्वास गरिएको छ। युवाशक्ति र सकारात्मक सोचको प्रतिनिधित्व गर्दै उहाँले सक्रिय राजनीतिक भूमिका निर्वाह गर्ने अपेक्षा गरिएको छ।


























