तनहुँ–१ मा मन्जिल राना चर्चामा, कालो झण्डा प्रकरणले बढायो बहस
तनहुँ–१ मा प्रतिनिधिसभा निर्वाचनको सरगर्मी बढ्दै जाँदा उज्यालो नेपाल पार्टीका उम्मेदवार मन्जिल राना चर्चामा आएका छन्। दमौलीमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई केही युवाले कालो झण्डा देखाएपछि उनी थप चर्चा मा आएका हुन्। रानाले भने उक्त विरोध आफूले नभई युवाहरूले स्वतःस्फूर्त रूपमा गरेको बताएका छन्।
रानाले शिक्षा नीतिमा आमूल परिवर्तन गर्ने आफ्नो मुख्य एजेन्डा रहेको बताएका छन्। आधारभूत तहदेखि गुणस्तरीय शिक्षा सुधार र एआई शिक्षालाई राष्ट्रिय पाठ्यक्रममा समावेश गरी रोजगारी सिर्जनामा जोड दिने उनको भनाइ छ।

तनहुँ–१ मा स्वर्णिम वाग्ले र भगवती न्यौपानेजस्ता स्थापित नेतासँग प्रतिस्पर्धा गरिरहेका रानाले यसपटक मतदाताले नयाँ नेतृत्व रोज्ने विश्वास व्यक्त गरेका छन्।


























