म्याग्दे–६ बेलाउटे डाँडामा पूर्व जनप्रतिनिधि र सयौँ नेता–कार्यकर्ता कांग्रेसमा प्रवेश

म्याग्दे–६ बेलाउटे डाँडामा पूर्व जनप्रतिनिधि र सयौँ नेता–कार्यकर्ता कांग्रेसमा प्रवेश


म्याग्दे, तनहुँ —
तनहुँको म्याग्दे गाउँपालिका–६ बेलाउटे डाँडामा नेकपा (एमाले) का पूर्व जनप्रतिनिधि तथा स्थानीय अगुवासहित सयौँ नेता–कार्यकर्ता नेपाली कांग्रेसमा प्रवेश गरेका छन्।
कार्यक्रममा २०७४ सालका नेकपा (एमाले) का पूर्व जनप्रतिनिधि पूर्णिमाया परियार र २०७९ सालका उपविजेता उम्मेदवार हिमाल परियार सहित गाउँका सक्रिय सदस्यहरूलाइ कांग्रेसमा आवद्धता गरिएको थियो।
नेपाली कांग्रेस अन्तर्गत आयोजना गरिएको समारोहमा तनहुँ क्षेत्र नं. २ का प्रतिनिधिसभा उम्मेदवार शंकर भण्डारीले नवप्रवेशीहरूलाई खादा, माला र अबिर लगाएर स्वागत गरेका थिए । पार्टी प्रवेश गराउँदै भण्डारीले कांग्रेसमा थप एकता र मजबुती हुने अपेक्षा व्यक्त गरे। पार्टीमा प्रवेश गर्नेहरूमा तिल बहादुर वि.क., चिन्त कमल वि.क., सिता परियार, बिक्रम वि.क., सुक्रम परियार, कमला वि.क., जुनु वि.क., माया थापा मगर, शिव थापा मगर, तिल बहादुर परियार, बिरेन्द्र परियार, बत्ति परियार, शसी माया नेपाली, माया परियार, लक्ष्मी परियार, देवी थापा मगर, सनसरी वि.क., सिसिर थापा, अविनाश थापा, सुजन थापा, कुसल परियार, दिपेन्द्र वि.क., पदम बहादुर थापा, सागर थापा, सन्तोष नेपाली, बलराम परियार, बिचु नेपाली, सपना नेपाली, सुजन नेपाली, सुक्रम नेपाली, रिन बहादुर थापा, लालु माया परियार, सोम बहादुर परियार, अनिल परियार, डिल माया विक, दुर्गा परियार, गङ्गा विक, सबिता विक, लक्ष्मण परियार, प्रदिप परियार, रुपेश परियार, मछु नेपाली लगायत सय भन्दा बढी नेता–कार्यकर्ता कांग्रेसमा प्रवेश गरेका छन्।

स्थानीयवासीहरूले यस राजनीतिक प्रवेशलाई म्याग्देमा नेपाली कांग्रेसको संगठन सुदृढ हुँदै गएको संकेतको रूपमा लिएका छन्।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

You cannot copy content of this page