व्यास–१० मा ‘पैसा बाँडिएको’ हल्ला : हल्ला मात्रै !

व्यास–१० मा ‘पैसा बाँडिएको’ हल्ला : हल्ला मात्रै !

व्यास, फागुन १९— फागुन २१ गते हुने निर्वाचनअघि जारी मौन अवधिकै बीच व्यास नगरपालिका–१० मा “पैसा बाँडिएको” भन्ने हल्ला फैलिएको छ। तर प्रहरीको प्रारम्भिक जाँचमा उक्त आरोप पुष्टि नभएको जनाइएको छ।
बैरेनी नजिकैको बोटेगाउँ क्षेत्रमा नेपाली कांग्रेसका प्रतिनिधि पैसा बाँड्न आएको भन्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का केही कार्यकर्ताले आरोप लगाएपछि अवस्था केहीबेर तनावपूर्ण बनेको थियो। हल्ला व्यापक बनेपछि प्रहरी टोली तत्काल घटनास्थल पुगेको थियो।
प्रहरीका अनुसार आरोप लगाइएका व्यक्तिहरूको जाँच गर्दा गोजी खाली रहेको र कुनै नगद रकम फेला नपरेको पाइएको छ। “पैसा बाँडिएको भन्ने आरोप पुष्टि हुने आधार भेटिएन,” प्रहरी स्रोतले जनाएको छ।
बैरेनी घर भएका नारायण अधिकारी र वेदप्रसाद पौडेल सामान्य भेटघाटका लागि बोटेगाउँतर्फ गएको अवस्थामा आफूहरूमाथि अनावश्यक आरोप लगाइएको दाबी गरिएको छ।
उता नेपाली कांग्रेस व्यास–१० का उपसभापति रमाकान्त ढुंगानाले टोलभित्रकै व्यक्तिहरू एकअर्काको घर जाँदा ‘पैसा बाँड्न आएको’ भन्दै अनावश्यक हल्ला फैलाइएको बताए । अहिले उनिहरू आआफ्नाे घरमा गइसकेको समेत ढुंगानाले जानकारी दिए । काङ्ग्रेसलाई बदनाम गर्न केही समुहले यस्तो हल्ला फैलाएको भन्दै ढुंगानाले सत्यतथ्य बुझ्न आग्रह गरे ।

। मौन अवधिमा यस्ता हल्लाले अनावश्यक भ्रम र तनाव सिर्जना गर्न सक्ने भएकाले सत्यतथ्य नबुझी प्रचार नगर्न सुरक्षा निकायले आग्रह गरेको छ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

You cannot copy content of this page