तनहुँमा रास्वपाको सुरुवाती दबदबा, रास्वपा १२८५ , अन्यको कति ?
तनहुँ — प्रतिनिधिसभा निर्वाचनअन्तर्गत तनहुँमा मतगणना सुरु भएसँगै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रारम्भिक चरणमै बलियो अग्रता बनाएको छ। जिल्लाको प्रतिनिधिसभा क्षेत्र नम्बर १ मा देवघाट–५ बाट राति १ बजेदेखि मतगणना सुरु गरिएको हो।
प्रारम्भिक मतपरिणामअनुसार घण्टी चुनाव चिह्नसहित रास्वपाले १२८५ मत प्राप्त गर्दै स्पष्ट अग्रता लिएको छ। रुख चुनाव चिह्नसहित नेपाली कांग्रेसले ५९० मत प्राप्त गरेको छ भने सूर्य चिह्नसहित एमाले ४१६ मतसहित तेस्रो स्थानमा छ।
देवघाट–५ का कुल २,८२१ मतमध्ये प्रारम्भिक गणना सम्पन्न भइसकेको र पहिलो आधिकारिक नतिजा सार्वजनिक गर्ने तयारी भइरहेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।

यसैबीच, प्रतिनिधिसभा क्षेत्र नम्बर २ को मतगणना भने आज बिहानबाट सुरु गर्ने तयारी गरिएको छ। प्रारम्भिक नतिजाले तनहुँमा रास्वपाको प्रभाव देखिन थालेको भन्दै राजनीतिक वृत्तमा चासो बढेको छ। नतिजा यस्तो छ



























