“लक्की होटल” पिस प्याराडाइजको चर्चा: यहीँ बसेर दुई पटक चुनाव जिते स्वर्णिम वाग्लेले !
तनहुँको दमौली बजार नजिकै व्यास–४ सिमलटारमा रहेको एउटा साधारण होटल अहिले निकै चर्चामा छ। स्थानीयले पिस प्याराडाइजलाई अहिले “लक्की होटल” भन्न थालेका छन्। कारण एउटै हो—यहीँ बसेर चुनाव लडेका डा स्वर्णिम वाग्ले लगातार दुई पटक तनहुँ–१ बाट विजयी हुनु ।
राष्ट्रिय स्वतन्त्र पार्टी का प्रभावशाली नेता वाग्ले अघिल्लो उपनिर्वाचनका बेला पनि दमौलीको यही पिस प्याराडाइज होटलमा बसेका थिए। त्यतिबेला उनले चुनाव जितेपछि होटलको चर्चा स्थानीय तहमा सुरु भएको थियो।
रोचक कुरा के छ भने यसपटकको चुनावमा पनि वाग्लेले फेरि यही होटललाई आफ्नो बसाइँ र चुनावी गतिविधिको केन्द्र बनाए। समर्थकसँग भेटघाट, रणनीति छलफल, पत्रकार भेटघाट—सबैजसो गतिविधि यहीँबाट चल्यो।
र परिणाम फेरि उस्तै आयो—वाग्ले फेरि सानदार मतका साथ विजयी भए। त्यसपछि दमौलीका स्थानीय र कार्यकर्ताबीच एउटै कुरा भाइरल हुन थाल्यो, “यो होटल त वाग्ले सरका लागि साँच्चै लक्की रहेछ!”
चुनावी माहोलमा होटल केही दिनका लागि सानो राजनीतिक केन्द्र जस्तै बनेको थियो। कार्यकर्ता, समर्थक र शुभेच्छुकहरूको चहलपहलले होटल सधैं व्यस्त देखिन्थ्यो।
स्थानीयहरू भन्छन्—पहिले सामान्य रूपमा चिनिने यो होटल अहिले भने “स्वर्णिम वाग्ले बसेको लक्की होटल” भनेर चिनिन थालेको छ।

राजनीतिमा जित–हार धेरै कारणले तय हुन्छ, तर दमौलीमा भने अहिले एउटा रोचक चर्चा चलिरहेको छ
“तनहुँ–१ जित्न चाहियो भने लक्की होटलमा बस्नुपर्छ!”
यद्यपि यो संयोग मात्र हो, तर यो संयोगले दमौलीको एउटा साधारण होटललाई भने चर्चाको केन्द्र बनाइदिएको छ। हाेटलका सञ्चालक सुनिल खड्काले आफ्नाे हाेटल चर्चामा रहनु खुसीको कुरा भएको बताए


।
























