दमाैली सफासडकबाट ठगीको आरोपमा ४९ वर्षीया महिला पक्राउ
तनहुँ , जिल्ला प्रहरी कार्यालय तनहुँले ठगीको आरोपमा ४९ वर्षीया हेम कुमारी गुरुङलाई पक्राउ गरेको छ। व्यास नगरपालिका-१ स्थित बसोबास गर्दै आएकि गुरूङलाइ दमाैली स्थित सफासडकबाट पक्राउ गरेको हाे । प्रहरी टोलीले काठमाडौको नयाँ वानेश्वर तिनकुने क्षेत्रमा ठगी सम्बन्धी मुद्दामा गुरूङलाइ पक्राउ गरेको हो।

पक्राउ पछि उनलाई काठमाडौको प्रहरी बृत बानेश्वर तिनकुनेमा पठाइएको छ।




























