तनहुँ प्रहरी द्वारा लागू औषध सहित एक युवा नियन्त्रणमा
तनहुँको शुक्लागण्डकी नगरपालिका-४ दुलेगौडामा लागू औषध सहित एक युवा पक्राउ परेका छन् । इ.प्र.का. बेलचौतारा तनहुँको चेकिङ टोलीले अवैध लागू औषध नियन्त्रणमा लिएको जनाइएको छ।
पृथ्विराजमार्गमा चेकजाँचको क्रममा, शुक्लागण्डकी नगरपालिका-२ कोत्रे बस्ने ३१ वर्षीय सागर गुरुङलाई शंका लागेर चेकजाँच गर्दा, उनको साथबाट डाईजेपाम (७ एम्पुल), फेनार्गन (७ एम्पुल) र ब्रोफोनोर्फेन (७ एम्पुल) गरी जम्मा २१ एम्पुल लागू औषध पदार्थ बरामद गरिएको हो।

गुरुङलाई तत्काल नियन्त्रणमा लिइएको र आवश्यक कानूनी प्रक्रिया अगाडि बढाइएको प्रहरीले बताएको छ। घटनामा प्रहरीले आफ्नो उच्च सतर्कता र सक्रियता देखाएको छ जसले लागुऔषध कारोबार नियन्त्रणमा मद्दत पुर्याएको छ।




























