प्रदेश जनस्वास्थ्य कार्यालय तनहुँद्वारा विश्व क्षयरोग दिवसमा सचेतना कार्यक्रम

प्रदेश जनस्वास्थ्य कार्यालय तनहुँद्वारा विश्व क्षयरोग दिवसमा सचेतना कार्यक्रम


तनहुँ, चैत्र ९ — विश्व क्षयरोग दिवसको पूर्वसन्ध्यामा प्रदेश जनस्वास्थ्य कार्यालय तनहुँले क्षयरोगसम्बन्धी सचेतना अभिवृद्धि गर्ने उद्देश्यले अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ।
क्षयरोग सम्बन्धमा मिडियाको भूमिका प्रभावकारी हुने भएकाले जनचेतना फैलाउन पत्रकारहरूसँग पहिलो चरणमा अन्तरक्रिया गरिएको प्रदेश जनस्वास्थ्य कार्यालय तनहुँका फाेकल पर्सन एवम् सूचना अधिकारी सुदीप कडेलले बताउनुभयो । उहाँका अनुसार सही सूचना मिडियामार्फत छिटो र प्रभावकारी रूपमा समुदायसम्म पुर्‍याउन सकिने भएकाले पत्रकारसँग सहकार्यलाई प्राथमिकता दिइएको हो।
हामी क्षयरोग अन्त्य गर्छौं—राष्ट्रिय अभियान, हाम्रो योगदान” भन्ने नारासहित आयोजित कार्यक्रम कार्यालयका प्रमुख अमर दवाडीको अध्यक्षतामा सम्पन्न भएको थियो।
कार्यक्रममा क्षयरोगको कारण, लक्षण तथा रोकथामका उपायबारे जानकारी दिँदै यो Mycobacterium Tuberculosis नामक जीवाणुबाट हुने सरुवा रोग भएको कार्यलय प्रमुख अमर दवाडीले बताए । दुई साताभन्दा बढी खोकी लाग्ने, तौल घट्ने, ज्वरो आउनेजस्ता लक्षण देखिएमा तुरुन्त स्वास्थ्य परीक्षण गराउन उनलेे आग्रह गरे ।
यसैगरी फोक्सो तथा अन्य अंगमा हुने क्षयरोगबारे जानकारी दिँदै नियमित औषधि सेवन, सरसफाइ तथा समयमै उपचारले रोग नियन्त्रण गर्न सकिनेमा उनको जोड थियो।

कार्यक्रममा स्वास्थ्यकर्मी, सरोकारवाला निकायका प्रतिनिधि तथा पत्रकारहरूको सहभागिता रहेको थियो

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

You cannot copy content of this page