प्रदेश अस्पताल दमौलीलाई आदिवासी जनजाति महासंघ तनहुँको सहयोग हस्तान्तरण

नेपाल आदिवासी जनजाति महासंघ जिल्ला समन्वय परिषद् तनहुँले प्रदेश अस्पताल दमौलीलाई सहयोग हस्तान्तरण गरेको छ। सामाजिक उत्तरदायित्वको भावना अन्तर्गत महासंघले करिब एक लाख रुपैयाँ बराबरको कलर प्रिन्टर सहयोग प्रदान गरेको हो।
कार्यक्रममा महासंघ तनहुँका अध्यक्ष सनम तामाङ, पूर्व अध्यक्ष बसुन्धरा घर्ती, सल्लाहकार ताराप्रसाद श्रेष्ठ लगायतको उपस्थिति रहेको थियो।
प्रदेश अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. परिवर्तन बरालले महासंघले गरेको सहयोगप्रति धन्यवाद व्यक्त गर्दै यसले सेवा प्रवाहमा थप सहजता ल्याउने विश्वास व्यक्त गरे।
त्यसैगरी, प्रदेश अस्पताल तनहुँका अध्यक्ष कमलामोहन वाग्लेले यस्ता सहयोगले संस्थाबीचको सम्बन्ध सुमधुर बनाउने र समाजमा सकारात्मक सन्देश दिने बताए। उनले एकअर्काको सहकार्य र सहयोगबाट संस्था अझ सक्षम र बलियो बन्दै जाने उल्लेख गरे।

कार्यक्रममा नेपाल पत्रकार महासंघ तनहुँका अध्यक्ष डीपी अधिकारी र यमबहादुर आले लगायतले शुभकामना मन्तव्य राखेका थिए भने महासंघका सचिव कुमार गुरुङले कार्यक्रमको सहजीकरण गरेका थिए।
उक्त सहयोग रकम महासंघद्वारा आयोजित महोत्सवबाट संकलित आम्दानीबाट जुटाइएको बताइएको छ।



























