ऋषिङ गाउँपालिकालाई क्षयरोग नियन्त्रणमा उत्कृष्ट कार्यका लागि सम्मान

ऋषिङ गाउँपालिकालाई क्षयरोग नियन्त्रणमा उत्कृष्ट कार्यका लागि सम्मान


तनहुँ, चैत ११ — तनहुँको ऋषिङ गाउँपालिकाले क्षयरोग नियन्त्रण तथा व्यवस्थापनमा उल्लेखनीय कार्य गरेबापत सम्मान प्राप्त गरेको छ।
नेपाल सरकार, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अन्तर्गतको राष्ट्रिय क्षयरोग नियन्त्रण केन्द्र, ठिमी भक्तपुरले विश्व क्षयरोग दिवस (२४ मार्च) को अवसरमा गाउँपालिकालाई ‘Letter of Appreciation 2026’ प्रदान गरेको हो।
गाउँपालिकाले राष्ट्रिय क्षयरोग कार्यक्रम अन्तर्गतका प्रमुख गतिविधिहरू प्रभावकारी रूपमा कार्यान्वयन गर्दै समुदायस्तरमै क्षयरोग पहिचान, उपचार तथा जनचेतना अभिवृद्धिमा महत्वपूर्ण योगदान पुर्‍याएको भन्दै उक्त सम्मान प्रदान गरिएको जनाइएको छ।
विशेष गरी समयमै बिरामी पहिचान, नियमित औषधि उपचारको सुनिश्चितता, स्वास्थ्य संस्थाहरूको सक्रियता तथा जनचेतनामूलक कार्यक्रम सञ्चालनमा गाउँपालिकाले उल्लेखनीय सफलता हासिल गरेको केन्द्रले जनाएको छ।
यस उपलब्धिले ग्रामीण तहमा पनि स्वास्थ्य सेवा प्रभावकारी रूपमा विस्तार गर्न सकिन्छ भन्ने सन्देश दिएको छ। स्थानीय तहको सक्रियता र स्वास्थ्यकर्मीहरूको समन्वयले क्षयरोग नियन्त्रण अभियानलाई थप सशक्त बनाउने विश्वास व्यक्त गरिएको छ।

उक्त सम्मानले गाउँपालिकाको स्वास्थ्य क्षेत्रप्रतिको प्रतिबद्धता र समुदायप्रति जिम्मेवारीलाई थप उजागर गरेको छ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

You cannot copy content of this page