ड्रागन फ्रुट खेतीमार्फत सफल बनेकी कल्पना गौली सम्मानित
तनहुँ — व्यास नगरपालिका–५, ढोडेनीकी उद्यमी कल्पना गौली ‘भानु–घाँसी सम्मान–२०८१’ बाट सम्मानित भएकी छन्। १६ वर्ष शिक्षण पेशामा समर्पित रहनुभएकी गौली हाल व्यावसायिक ड्रागन फ्रुट खेतीमा संलग्न हुँदै आत्मनिर्भरता र श्रमको सम्मानको उदाहरण प्रस्तुत गरिरहेकी छन्।
गाउँ सेवा कोष तनहुँले उहाँको उद्यमशीलता र समाजप्रतिको योगदानको कदर गर्दै सम्मान प्रदान गरेको हो। गौलीले आफ्नो आम्दानीको एक हिस्सा विपन्न बालबालिकाको शिक्षा र आवश्यकतामा खर्च गर्दै आइरहेकी छन्।

उहाँको सम्मानले शिक्षासँगै उद्यम र श्रमको महत्वलाई उजागर गरेको छ।


























