मिर्गौला पीडित कार्कीका लागि कन्काइ ग्लोबल एकेडेमीद्वारा ६० हजार सहयोग हस्तान्तरण

मिर्गौला पीडित कार्कीका लागि कन्काइ ग्लोबल एकेडेमीद्वारा ६० हजार सहयोग हस्तान्तरण

व्यास नगरपालिका–४ स्थित कन्काइ ग्लोबल एकेडेमी (कन्काइ बोर्डिङ) ले व्यास नगरपालिका–९ निवासी मृगौला पिडित बिरामीकाे उपचारको लागि आर्थिक सहयोग गरेको छ । २० वर्षीया प्रतिक्षा कार्कीकाे दुवै मिर्गौला फेल भई काठमाडौंस्थित अस्पतालमा उपचाररत रहेका बेला आर्थिक सहयोग जुटाई हस्तान्तरण गरिएकाे हाे ।


बिरामीको उपचारमा सहयोग पुगोस् भन्ने उद्देश्यले विद्यालयले सञ्चालन गरेको सहयोग संकलन अभियानमार्फत अभिभावक तथा विद्यार्थीहरूबाट रु ३५,५२५/-, शिक्षक–शिक्षिकाबाट रु १५,०४५/- र विद्यालयको तर्फबाट रु १०,०००/- गरी जम्मा रु ६०,५७०/- संकलन गरिएको थियो।
संकलित उक्त रकम आज विद्यालयका प्रबन्ध निर्देशक मिलन गोदारले बिरामीकी दिदी समिक्षा कार्कीलाई हस्तान्तरण गरेका हुन्।

मानवीय सेवाको भावना अनुरूप सञ्चालन गरिएको यस परोपकारी अभियानमा सहयोग पुर्‍याउने सम्पूर्ण अभिभावक, विद्यार्थी तथा शिक्षक–शिक्षिकाप्रति विद्यालय परिवारले हार्दिक कृतज्ञता व्यक्त गरेको छ।
विद्यालयका प्रवन्ध निर्देशक मिलन गोदारले यस्ता सामाजिक कार्यले समुदायमा सहकार्य र सहानुभूतिको भावना अझ सुदृढ बनाउने विश्वास व्यक्त गरे।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

You cannot copy content of this page