आज प्रधानसेनापति सिग्देल तनहुँ आउँदै
तनहुँ, नेपाली सेनाका प्रधानसेनापति अशोकराज सिग्देल आज तनहुँ आउने कार्यक्रम रहेको छ।
खैरेनीटारस्थित श्री नं. ३ बाहिनी अड्डामा आयोजना हुने ‘भूतपूर्व सैनिक सम्मेलन–२०८२’ मा सहभागी हुन उहाँ यहाँ आउन लाग्नुभएको हो।
उक्त सम्मेलनमा तनहुँसहित आसपासका जिल्लाबाट आएका भूतपूर्व सैनिक तथा वीर नारीहरूसँग प्रधानसेनापति सिग्देलले प्रत्यक्ष भेटघाट तथा संवाद गर्ने कार्यक्रम रहेको छ। साथै, उनीहरूका अनुभव, सुझाव र समस्या सुन्ने तथा सेनाले सञ्चालन गरिरहेका कल्याणकारी कार्यक्रमबारे जानकारी गराउने तयारी गरिएको छ।

सम्मेलन आज बिहान ९ः३० बजेदेखि सुरु हुने जनाइएको छ।


























