दमौलीमा इलेक्ट्रिक स्कुटरको माग बढ्दो

दमौलीमा इलेक्ट्रिक स्कुटरको माग बढ्दो


दमौली — पेट्रोलियम पदार्थको मूल्य निरन्तर बढ्दै जाँदा दमौलीमा इलेक्टि्क स्कुटरप्रति उपभोक्ताको आकर्षण बढ्दै गएको छ। व्यवसायीहरूका अनुसार पछिल्लो समय इन्धन खर्च घटाउने विकल्प खोज्नेहरूको संख्या बढेसँगै इलेक्टि्क सवारीको माग उल्लेख्य रूपमा वृद्धि भएको हो।
यसैबीच, केही समयअघि दमौलीमा आयोजना गरिएको “TVS स्मार्ट एक्सचेन्ज मेला”ले बजारमा इलेक्टिक स्कुटरप्रतिको चासो थप बढाउन सहयोग गरेको बताइएको छ।
एमएस ट्रेडर्स, दमौलीका सञ्चालक सरोज भण्डारीका अनुसार हाल दैनिक रूपमा इलेक्टिक स्कुटरबारे सोधपुछ र माग गर्ने ग्राहकको संख्या बढ्दो छ। “पेट्रोलको मूल्य बढ्दै जाँदा धेरै ग्राहक इन्धन खर्चबाट बच्ने उपाय खोज्दै हुनुहुन्छ, त्यसैले इलेक्टि्क स्कुटर रोज्ने क्रम बढेको छ,” उनले भने।
उनका अनुसार कम सञ्चालन खर्च, सजिलो मर्मत तथा वातावरणमैत्री विशेषताका कारण इलेक्टि्क स्कुटरप्रति आकर्षण बढ्दै गएको हो।

व्यवसायीहरूका अनुसार आगामी दिनमा पनि यो प्रवृत्ति जारी रहने र दमौलीमा इलेक्टि्क सवारीको बजार अझ विस्तार हुने अपेक्षा गरिएको छ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

You cannot copy content of this page