डुम्रे बजारमा अनुगमन: म्याद गुज्रिएका खाद्य पदार्थ जफत, २९ हजार बढीका सामग्री नष्ट

डुम्रे बजारमा अनुगमन: म्याद गुज्रिएका खाद्य पदार्थ जफत, २९ हजार बढीका सामग्री नष्ट

उपभोक्ताको स्वास्थ्यमा असर पर्ने गुनासो बढेपछि तनहुँको बन्दिपुर गाउँपालिका–१ स्थित डुम्रे बजारमा व्यापक अनुगमन गरिएको छ।
बन्दिपुर गाउँपालिकाको आयोजना तथा खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय तनहुँको समन्वयमा गरिएको अनुगमनमा खाद्य निरीक्षण अधिकृत ज्योति आचार्य, उपाध्यक्ष पञ्चमाया गुरुङ, वडा अध्यक्ष शिवकुमार श्रेष्ठ, प्रहरी, नगर प्रहरी, सञ्चारकर्मी तथा स्थानीयको सहभागिता रहेको थियो।
अनुगमनका क्रममा होटल, खाद्य तथा मासु पसल र स्वास्थ्य संस्थाहरू जाँच गर्दा केही स्थानमा लापरवाही भेटिएको छ। बिस्कुट, जुस, दालमोट, कोकाकोला, फेन्टा लगायतका म्याद गुज्रिएका खाद्य पदार्थ जफत गरी करिब २९ हजार ७५ रुपैयाँ बराबरका सामग्री नष्ट गरिएको छ।
साथै, पत्रिकामा खाद्य पदार्थ राख्ने प्रचलन हटाउन, अस्वच्छ खाद्य सामग्री व्यवस्थापन सुधार गर्न तथा सरसफाइ कायम राख्न निर्देशन दिइएको छ।

अनुगमन टाेलिले उपभोक्ताको स्वास्थ्यसँग खेलवाड गर्नेलाई कानुनी कारबाही गरिने चेतावनी दिएका छन्।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

You cannot copy content of this page