दमौलीमा जारी “प्रथम टाइगर ल्याण्ड नयाँ वर्ष महोत्सव”मा एलिना चौहानको प्रस्तुतिमा झुमे दर्शक

दमौलीमा जारी “प्रथम टाइगर ल्याण्ड नयाँ वर्ष महोत्सव”मा एलिना चौहानको प्रस्तुतिमा झुमे दर्शक

दमौली, तनहुँ — दमौलीमा सञ्चालन भइरहेको “प्रथम टाइगर ल्याण्ड नयाँ वर्ष महोत्सव”मा आज चर्चित गायिका एलिना चौहानको प्रस्तुति दर्शकका लागि विशेष आकर्षण बनेको छ। व्यास नगरपालिका–४ सिमलटार–बागभञ्ज्याङ क्षेत्रमा जारी महोत्सवमा एलिनाले आफ्नो लोकप्रिय गीतहरू प्रस्तुत गर्दा दर्शकहरू झुमेका थिए।
मञ्चमा उत्रिएसँगै एलिनाले एकपछि अर्को हिट गीत गाएर माहोल तताएकी थिइन्। उनको ऊर्जावान प्रस्तुति र दर्शकसँगको घुलमिलले कार्यक्रम अझ रोमाञ्चक बनेको थियो। विशेषगरी युवापुस्ताको उल्लेख्य सहभागिता देखिएको महोत्सवमा दर्शकहरूले गीतसँगै नाचगान गर्दै भरपूर मनोरञ्जन लिएका थिए।
आजकै कार्यक्रममा लोक दोहोरी गायक कुमार गुरुङ,विश्व वुढा , गायिका सावित्री हड्खले, गायक आरसी गैाली लगायतका कलाकारहरूको पनि प्रस्तुति रहेको थियो, जसले महोत्सवलाई थप रौनक बनाएको छ।
टाइगर ल्याण्ड युवा क्लवको आयोजनामा सुरु भएको महोत्सव बैशाख ८ गतेसम्म सञ्चालन हुने क्लवका अध्यक्ष विपिन घलेले बताए । महोत्सवमा बालउद्यान, रोटेपिङ, डुंगा (नाउ) तथा ड्रागन खेल जस्ता विभिन्न मनोरञ्जनात्मक गतिविधिहरूका साथै सस्तो बजार पनि सञ्चालनमा रहेको छ।


महोत्सवले स्थानीय उत्पादनको प्रवर्द्धनसँगै आन्तरिक पर्यटन र व्यापार व्यवसायमा समेत सकारात्मक टेवा पुग्ने अपेक्षा गरिएको छ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

You cannot copy content of this page