तनहुँ प्रहरी सक्रियता बढाउँदै, चोरीको मोटरसाइकल तत्काल फेला पारी धनीलाई बुझाइयो

तनहुँ प्रहरी सक्रियता बढाउँदै, चोरीको मोटरसाइकल तत्काल फेला पारी धनीलाई बुझाइयो


चैत ३०, तनहुँ ।
जिल्ला प्रहरी कार्यालय तनहुँले चोरी तथा हराएका सवारी साधन खोजतलासमा सक्रियता बढाउँदै आएको छ।
व्यास नगरपालिका–२ भोर्लेटार चोक निवासी ३५ वर्षीय दिपक साहले पार्किङ गरी राखेको ग ११ प ४०११ नम्बरको मोटरसाइकल हराएको भन्ने जानकारी प्रहरीमा प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय तनहुँबाट खटिएको प्रहरी टोलीले खोजतलास कार्य तीव्र बनाउँदै सोही दिन व्यास नगरपालिका–१२ घाँसिकुवामा उक्त मोटरसाइकल फेला पार्न सफल भएको हाे ।

फेला परेको मोटरसाइकल आवश्यक प्रक्रिया पूरा गरी सम्बन्धित सवारी धनीलाई बुझाइएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

You cannot copy content of this page