दमौलीकाे टाइगर ल्याण्ड महोत्सवमा अनुराग थापा सहित चर्चित कलाकारको प्रस्तुति, दर्शक उत्साहित

दमौलीकाे टाइगर ल्याण्ड महोत्सवमा अनुराग थापा सहित चर्चित कलाकारको प्रस्तुति, दर्शक उत्साहित


दमौली, तनहुँ — दमौलीमा जारी “प्रथम टाइगर ल्याण्ड नयाँ वर्ष दमौली महोत्सव–२०८२/०८३” अन्तर्गत सोमबार गायक अनुराग थापा लगायत चर्चित कलाकारहरूको प्रस्तुति हेर्न दर्शकहरू उत्साहपूर्वक सहभागी भएका छन्। अनुराग थापाले आफ्नो सांगीतिक प्रस्तुति मार्फत दर्शकलाई भरपूर मनोरञ्जन प्रदान गरेका थिए।


व्यास नगरपालिका–४ सिमलटार–बागभञ्ज्याङ क्षेत्रमा सञ्चालन भइरहेको महोत्सवको सोमबारको कार्यक्रममा अनुराग सहित गायक विश्वकुमार बुढा, सूर्य प्रसाद छिमाल तथा गायिका अञ्जना गुरुङ र सावित्रा हड्खलेको प्रस्तुति पनि आकर्षणको केन्द्र बनेको थियो।
महोत्सव अन्तर्गत मंगलबार (नयाँ वर्षको दिन) गायक पुरुषोत्तम न्यौपाने, कुलेन्द्र विश्वकर्मा, ईश्वर परियार, जस्मोती गुरुङ, विश्व बुढा तथा सर्जन थापासहित नयाँ वर्ष विशेष नृत्य प्रस्तुतिहरू रहने क्लवका अध्यक्ष विपिन घलेले बताए ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

You cannot copy content of this page