दमौलीमा जारी “प्रथम टाइगर ल्याण्ड नयाँ वर्ष दमौली महोत्सवमा पुरुषोत्तम र लक्ष्मीको प्रस्तुतिमा दर्शक झुमे

दमौलीमा जारी “प्रथम टाइगर ल्याण्ड नयाँ वर्ष दमौली महोत्सवमा पुरुषोत्तम र लक्ष्मीको प्रस्तुतिमा दर्शक झुमे

दमौली, तनहुँ — दमौलीमा जारी “प्रथम टाइगर ल्याण्ड नयाँ वर्ष दमौली महोत्सव–२०८२/०८३” अन्तर्गत नयाँ वर्षको दिन मंगलबार राष्ट्रिय कलाकार पुरुषोत्तम न्यौपाने र लक्ष्मी नेपाली को प्रस्तुति आकर्षक बनेको छ। उनीहरूको सांगीतिक प्रस्तुतिमा दर्शक नाचेर भरपूर मनोरञ्जन लिएका थिए।
पुरुषोत्तम न्यौपानेले आफ्ना चर्चित गीतहरू प्रस्तुत गर्दा दर्शक झुम्दै साथ दिएका थिए। उनले करिब एक दर्जन नयाँ तथा पुराना गीत गाएका थिए। त्यस्तै, लक्ष्मी नेपालीको ऊर्जाशील शैलीको प्रस्तुति विशेष आकर्षण बनेको थियो। दुवै कलाकारको प्रस्तुतीले कार्यक्रम स्थल थप रमाइलो बनेको थियो।
महोत्सवमा दर्शकको उपस्थिति दिनप्रतिदिन बढ्दै गएको छ। बढ्दो भीडसँगै महोत्सवको रौनक पनि थपिँदै गएको आयोजकले जनाएको छ। विविध सांगीतिक तथा नृत्य कार्यक्रमहरूले दर्शकलाई मनोरञ्जन प्रदान गरिरहेका छन्।

व्यास नगरपालिका–४ सिमलटार–बागभञ्ज्याङ क्षेत्रमा सञ्चालन भइरहेको महोत्सव नयाँ वर्षको अवसरमा झन् आकर्षक बन्दै गएको हाे। नयाँ वर्ष मंगलबारका दिन ईश्वर परियार, जस्मिता गुरुङ, विश्व बुढा तथा सर्जन थापा लगायतका कलाकारहरूको समेत प्रस्तुति रहेकाे आयोजकले जनाएको छ।
महोत्सवमा नयाँ वर्ष विशेष नृत्य कार्यक्रमहरू समेत समावेश गरिएकाले दर्शकलाई दिनभर मनोरञ्जन प्रदान भएको क्लबका अध्यक्ष विपिन घलेले जानकारी दिए।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

You cannot copy content of this page