दमौलीमा जारी टाइगरल्याण्ड महोत्सवमा आज रामजी पौडेलसहितका कलाकारको प्रस्तुति रहने
दमौली, तनहुँ — दमौलीमा जारी “प्रथम टाइगर ल्याण्ड नयाँ वर्ष दमौली सांस्कृतिक महोत्सव–२०८२/०८३” अन्तर्गत वैशाख ३ गते बिहीबार चर्चित कलाकारहरूको प्रस्तुति रहने भएको छ।
महोत्सव आयाेजकका अनुसार आज प्रमुख आकर्षणका रूपमा लोक तथा दोहोरी गायक रामजी पौडेलले आफ्नो प्रस्तुति दिनेछन्। त्यस्तै गायिका पूजा सिङ्जाली मगर र गायक बल बहादुर घर्ती मगरले पनि सांगीतिक माहोल तताउने कार्यक्रम रहेको टाइगर ल्याण्ड युवा क्लवका अध्यक्ष विपिन घलेले बताए ।
यस्तै महाेत्सवमा नृत्यतर्फ रचना, रेनु र सावित्रीको प्रस्तुति रहनेछ भने कार्यक्रमको सञ्चालन सर्जन थापा मगरले गर्ने भएका छन् ।
चैत्र २७ गतेदेखि सञ्चालनमा रहेको महोत्सव वैशाख ७ गतेसम्म जारी रहनेछ। व्यास नगरपालिका–४, बाघभञ्ज्याङस्थित महोत्सव स्थलमा दैनिक सांगीतिक तथा सांस्कृतिक कार्यक्रम भइरहेका छन्। आयोजकका अनुसार महोत्सवमा दर्शकको उल्लेख्य सहभागिता रहँदै आएको छ र आगामी दिनमा थप आकर्षक कार्यक्रम प्रस्तुत हुनेछन् ।


























