अफलाइन पठाओ र इनड्राइभ चलाउने तनहुँका दुई सहित १३ जना पोखराबाट पक्राउ

अफलाइन पठाओ र इनड्राइभ चलाउने तनहुँका दुई सहित १३ जना पोखराबाट पक्राउ


पोखरा, ३ वैशाख — पोखरा महानगर क्षेत्रमा अफलाइन रूपमा राइड सेयरिङ सेवा सञ्चालन गर्दै यात्रुसँग बढी भाडा असुल गरेको आरोपमा विभिन्न जिल्लाका १३ जना चालक पक्राउ परेका छन्।
जिल्ला प्रहरी कार्यालय कास्की र वडा प्रहरी कार्यालय बैदामबाट खटिएको टोलीले महानगरका विभिन्न स्थानबाट उनीहरूलाई नियन्त्रणमा लिएको हो। Pathao तथा inDrive मा आबद्ध रही वा नरही अफलाइन रूपमा मोटरसाइकल सञ्चालन गर्दै यात्रुसँग तोकिएकोभन्दा बढी भाडा लिने, ठगी गर्ने तथा अनावश्यक दुःख दिने गतिविधि भएको सूचनाका आधारमा कारबाही गरिएको प्रहरीले जनाएको छ।
कास्की प्रहरी प्रवक्ता हरीबहादुर बस्नेत का अनुसार पक्राउ परेकामाथि आवश्यक अनुसन्धान प्रक्रिया अघि बढाइएको छ।
प्रहरीका अनुसार पक्राउ पर्नेहरू स्याङ्जा, तनहुँ, गोरखा लगायत जिल्लाका तथा कास्कीका विभिन्न स्थानमा बसोबास गर्दै आएका व्यक्तिहरू रहेका छन्।
पक्राउ पर्नेहरूमा विष्णु बहादुर नेपाली (स्याङ्जा), राजन परियार (कास्की), लिल बहादुर गुरुङ (कास्की), प्रबिण थापा (कास्की), नवीन थापा (तनहुँ), दिपक कुमार गुरुङ (कास्की), अम्मर बहादुर महतरा (कास्की), माधव कुईकेल (रुपा गाउँपालिका–कास्की), बुद्धि बहादुर विक (मादी गाउँपालिका–कास्की), बिक्की लामा (कास्की), कृष्ण कुमाल (तनहुँ), मिन बहादुर थापा (गोरखा) र कृष्ण बहादुर गुरुङ (कास्की) रहेका छन्।

प्रहरीले यस्ता अवैध गतिविधि नियन्त्रण गर्न निगरानी थप कडा बनाइएको जनाएको छ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

You cannot copy content of this page