दमौलीमा जारी ‘टाइगर ल्याण्ड दमौली महोत्सव’मा आज डान्सर प्रिति पासवान मुख्य आकर्षण

दमौलीमा जारी ‘टाइगर ल्याण्ड दमौली महोत्सव’मा आज डान्सर प्रिति पासवान मुख्य आकर्षण

दमौली, तनहुँ — दमौलीमा जारी “प्रथम टाइगर ल्याण्ड नयाँ वर्ष दमौली सांस्कृतिक महोत्सव–२०८२/०८३” अन्तर्गत आज शनिबार चर्चित डान्सर प्रिति पासवानको आकर्षक प्रस्तुति रहने भएको छ।
व्यास नगरपालिका–४, बाघभञ्ज्याङ सिमलटारमा सञ्चालन भइरहेको महोत्सवमा आजका मुख्य आकर्षणका रूपमा प्रितिको विशेष नृत्य प्रस्तुति रहने आयोजक टाइगर ल्याण्ड युवा क्लबका अध्यक्ष विपिन घलेले जानकारी दिए।
उनिसँगै कार्यक्रममा अन्य चर्चित कलाकारहरूले पनि आफ्ना लोकप्रिय प्रस्तुति दिनेछन्। नृत्यतर्फ रचना, रेनु र सावित्रीको विशेष प्रस्तुति रहने बताइएको छ। कार्यक्रम सञ्चालन भने सर्जन थापा मगरले गर्नेछन्।
नयाँ वर्षको अवसर पारेर आयोजना गरिएको उक्त महोत्सवमा कला, संस्कृति, व्यापार, पर्यटन तथा स्थानीय उत्पादनको प्रवर्द्धन गर्ने उद्देश्य राखिएको छ।

वैशाख ७ गतेसम्म सञ्चालन हुने महोत्सव टाइगर ल्याण्ड युवा क्लबको आयोजनामा तथा विभिन्न संघ–संस्थाको सह–आयोजनामा भइरहेको छ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

You cannot copy content of this page