दमौली सांस्कृतिक महोत्सवमा आज श्याम रानाको प्रस्तुति

दमौली सांस्कृतिक महोत्सवमा आज श्याम रानाको प्रस्तुति


दमौली, तनहुँ — व्यास नगरपालिका–४ दमौलीमा जारी “प्रथम टाइगर ल्याण्ड नयाँ वर्ष दमौली सांस्कृतिक महोत्सव–२०८२/०८३” अन्तर्गत आज (वैशाख ६ गते) चर्चित लोक तथा दोहोरी गायक श्याम रानाको विशेष प्रस्तुति रहने भएको छ।
रानासँगै गायिका सुभद्रा श्रेष्ठ र गायक सन्तोष भुषालको पनि प्रस्तुति रहने आयोजक टाइगर ल्याण्ड क्लबका अध्यक्ष विपिन घलेले जानकारी दिए ।

महोत्सवमा डान्सर रचना, रेनु र सावित्रीले आकर्षक नृत्य प्रस्तुत गर्नेछन् भने कार्यक्रम सञ्चालन विश्व कुमार बुढाले गर्ने बताइएको छ ।
महोत्सव वैशाख ७ गतेसम्म सञ्चालन हुने आयोजकले जनाएको छ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

You cannot copy content of this page