दमौली सांस्कृतिक महोत्सवमा श्याम रानाको बेजोड प्रस्तुति

दमौली सांस्कृतिक महोत्सवमा श्याम रानाको बेजोड प्रस्तुति


दमौली, तनहुँ — व्यास नगरपालिका–४ दमौलीमा जारी “प्रथम टाइगर ल्याण्ड नयाँ वर्ष दमौली सांस्कृतिक महोत्सव–२०८२/०८३” अन्तर्गत वैशाख ६ गते आइतबार चर्चित लोक तथा दोहोरी गायक श्याम रानाको बेजोड प्रस्तुति रहेको छ।
रानासँगै गायिका सुभद्रा श्रेष्ठ र गायक सन्तोष भुषालले पनि आफ्नो प्रस्तुति दिएका छन्। आयोजक टाइगर ल्याण्ड क्लबका अध्यक्ष विपिन घलेका अनुसार कार्यक्रममा दर्शकहरूको उल्लेख्य उपस्थिति रहेको थियो।


त्यसैगरी, डान्सर रचना, रेनु र सावित्रीले आकर्षक नृत्य प्रस्तुत गर्दा कार्यक्रम सञ्चालन विश्व कुमार बुढाले गरेका थिए।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

You cannot copy content of this page