राष्ट्रिय मौलिक कौराहा संरक्षण समितिको अध्यक्षमा तनहुँकि नरमाया निर्वाचित

राष्ट्रिय मौलिक कौराहा संरक्षण समिति नेपालको हालै सम्पन्न केन्द्रीय समिति अधिवेशनबाट तनहुँ म्याग्देकी नरमाया आले मगरको अध्यक्षतामा १५ सदस्यीय नयाँ कार्यसमिति निर्वाचित भएको छ। यस्तै समितिकाे बरिस्ठ उपाध्यक्षमा मनबहादुर थापा , उपाध्यक्षमा माया राना , सचिवमा लिलबहादुर थापा , सहसचिवमा चिरन गाजा मगर , काेशाध्यक्षमा प्रकाश थापा मगर चयन भएका छन् ।
यस्तै समितिकाे सदस्यहरूमा पदमबहादुर , मिनबहादुर राना , बेलिमाया थापा , अशोक आले , याममाया थापा , रेशम आले , अमर आले र पुर्णबहादुर थापा चयन भएका छन् ।

अधिवेशनले मौलिक कौराहा संस्कृतिको संरक्षण, प्रवर्द्धन तथा विस्तारका लागि आगामी कार्ययोजना अघि बढाउने निर्णयसमेत गरेको छ।
निर्वाचित सम्पूर्ण पदाधिकारी तथा सदस्यहरूलाई सफल कार्यकालको शुभकामना व्यक्त गरिएको छ।


























