कांग्रेस महामन्त्री पौडेलको उद्घोष: “पार्टीभित्र एकताको विकल्प छैन”
नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले पार्टीलाई सुदृढ र जीवन्त बनाउन आन्तरिक एकता अनिवार्य रहेको बताएका छन्। तनहुँमा आयोजित नेपाली कांग्रेसको विस्तारित बैठकलाई सम्बोधन गर्दै उनले पार्टीभित्रको एकता नै सबैभन्दा ठूलो शक्ति भएको स्पष्ट पारे।
महामन्त्री पौडेलले वर्तमान राजनीतिक परिस्थितिमा संगठनलाई बलियो बनाउन सबै नेता–कार्यकर्ताले व्यक्तिगत मतभेद त्यागेर साझा लक्ष्यतर्फ अघि बढ्नुपर्नेमा जोड दिए। उनले आपसी सहकार्य, समन्वय र विश्वासलाई मजबुत बनाउँदै अघि बढे मात्र पार्टी थप सशक्त बन्न सक्ने बताए।

उनले कांग्रेसको ‘जरा अभियान’ ले संगठनलाई तल्लो तहसम्म सक्रिय बनाउँदै नयाँ गति र दिशा दिने विश्वास व्यक्त गरे। बैठकमा जिल्लाका विभिन्न तहका नेताहरूको उल्लेख्य उपस्थिति रहेको थियो।


























