हरियाली डाँडामा उदाउँदै आकर्षण: डाँडाघर रिसोर्ट पर्यटकको पहिलो रोजाइ बन्दै

हरियाली डाँडामा उदाउँदै आकर्षण: डाँडाघर रिसोर्ट पर्यटकको पहिलो रोजाइ बन्दै


दमौली नजिकै व्यास १ गल्वुबेशी माथि शान्त, एकान्त र हराभरा वातावरणमा अवस्थित डाँडाघर रिसोर्ट अहिले आन्तरिक पर्यटक तथा घुम्न रुचाउनेहरूको प्रमुख गन्तव्यका रूपमा स्थापित हुँदै गएको छ। प्राकृतिक सौन्दर्य, स्वादिलो परिकार र आत्मीय सेवाको समिश्रणले छोटो समयमै रिसोर्टले व्यापक चर्चा बटुल्न सफल भएको हो।
सञ्चालक रामकृष्ण क्षेत्रीले करिब ५ रोपनी क्षेत्रफलमा फैलिएर सञ्चालनमा आएकाे यस रिसोर्टमा हाल १४ जना कर्मचारी स्टाफ कार्यरत छन्। पाहुनालाई पारिवारिक वातावरणमा सेवा दिने लक्ष्यसहित सञ्चालनमा आएको रिसोर्टले स्थानीय परिकारमार्फत विशेष पहिचान बनाएको छ। यहाँ लोकल कुखुरा, कालिज र असला माछा जस्ता परिकार अत्यन्तै स्वादिलो रूपमा प्रस्तुत गरिन्छ, जसले खानाका पारखीहरूलाई बारम्बार आकर्षित गरिरहेको छ।
रिसोर्टको अर्को मुख्य विशेषता यसको लोभलाग्दो प्राकृतिक वातावरण हो। हरियालीले भरिएको बगैँचा, शीतल हावा र आकर्षक संरचनाबीच बसेर दमौली बजार लगायत आसपासका क्षेत्रको मनोरम दृश्यावलोकन गर्न सकिन्छ। शान्त र रमणीय वातावरण खोज्नेका लागि यो स्थान उत्कृष्ट गन्तव्य बनेको छ।
पूर्वाधारका हिसाबले पनि रिसोर्ट सुदृढ देखिन्छ। एकैपटक ८० जनाभन्दा बढी पाहुनालाई सेवा दिन सक्ने क्षमता, पर्याप्त पार्किङ सुविधा, मिटिङ तथा सभा सञ्चालनका लागि हल, साथै बर्थडे पार्टी जस्ता विभिन्न कार्यक्रम आयोजना गर्न मिल्ने व्यवस्थाले यसलाई बहुउद्देश्यीय स्थल बनाएको छ।
अहिले सामाजिक सञ्जाल विशेषगरी टिकटकमा फोटो तथा भिडियो बनाउनका लागि पनि डाँडाघर रिसोर्ट ‘हटस्पट’ बनेको छ। सुन्दर दृश्य र हरियाली वातावरणका कारण युवापुस्ताको आकर्षण उल्लेखनीय रूपमा बढ्दै गएको छ।
सञ्चालक क्षेत्रीका अनुसार निकट भविष्यमै सुविधा सम्पन्न लज सञ्चालनमा ल्याउने तयारी भइरहेको छ। यसले पर्यटकलाई बसोबासको सुविधा थप्दै रिसोर्टलाई अझ व्यवस्थित र आकर्षक बनाउने विश्वास गरिएको छ।

समग्रमा, सफा, सुन्दर र आकर्षक वातावरणसँगै मिठो स्वाद र उत्कृष्ट सेवाको संयोजनले डाँडाघर रिसोर्ट अहिले दमौली क्षेत्रकै एक उदीयमान पर्यटन गन्तव्यका रूपमा स्थापित हुँदै गएको छ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

You cannot copy content of this page