भोर्लेटारचाेकमा लागुऔषधसहित युवक पक्राउ

भोर्लेटारचाेकमा लागुऔषधसहित युवक पक्राउ

तनहुँ — व्यास नगरपालिका–४ भोर्लेटार चोकस्थित पृथ्वीराजमार्गबाट प्रहरीले लागुऔषधसहित एक युवकलाई पक्राउ गरेको छ।
मिति २०८३/०१/२२ गते बिहान करिब ०४:१५ बजे जिल्ला प्रहरी कार्यालय तनहुँबाट खटिएको टोलीले शंका लागी चेकजाँच गर्दा व्यास नगरपालिका–११ डिगाउँ निवासी २७ वर्षीय ईनाम गुरुङलाई नियन्त्रणमा लिएको हो।
चेकजाँचका क्रममा गुरुङको शरीरमा लुकाइछिपाइ राखिएको Diazepam ६ एम्पुल, Buprenorphine ६ एम्पुल र Phenergan ६ एम्पुल गरी जम्मा १८ एम्पुल बरामद भएको प्रहरीले जनाएको छ।

पक्राउ परेका गुरुङलाई जिल्ला प्रहरी कार्यालय तनहुँमा राखी थप अनुसन्धान भइरहेको छ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

You cannot copy content of this page