चण्डीदेवीमा लागुऔषध दुर्व्यसन विरुद्ध सचेतना कार्यक्रम सम्पन्न

चण्डीदेवीमा लागुऔषध दुर्व्यसन विरुद्ध सचेतना कार्यक्रम सम्पन्न

व्यास–१० बैरेनीमा लागुऔषध दुर्व्यसन विरुद्ध सचेतना कार्यक्रम सम्पन्न
तनहुँ, व्यास नगरपालिका–१० बैरेनीस्थित श्री चण्डिदेवी राष्ट्रिय माध्यमिक विद्यालयमा लागुऔषध दुर्व्यसन सम्बन्धी सचेतना कार्यक्रम सम्पन्न भएको छ। समुदाय–प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत जिल्ला प्रहरी कार्यालय तनहुँको आयोजनामा उक्त कार्यक्रम सञ्चालन गरिएको हो।
विद्यालयका प्रधानाध्यापक रामचन्द्र पोख्रेलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रहरी निरीक्षक अमृत लामिछानेले लागुऔषध दुर्व्यसनका कारण, प्रभाव र यसको रोकथामका उपायबारे विस्तृत जानकारी दिएका थिए। उनले विद्यार्थीहरूलाई समयमै सचेत र सजग रहन आग्रह गर्दै दुर्व्यसनबाट टाढा रहन प्रेरित गरे।

कार्यक्रमका क्रममा विद्यार्थीहरूले राखेका जिज्ञासाहरूको प्रहरी निरीक्षक लामिछानेले सहजीकरण गरेका थिए। विद्यालय व्यवस्थापन समितिका सदस्य मायानाथ कोइरालाले शुभकामना मन्तव्य व्यक्त गरेकाे उक्त कार्यक्रममा कक्षा ९ र १० का विद्यार्थीहरू, सहायक प्रधानाध्यापक सिमा श्रेष्ठ, शिक्षक प्रतिनिधि शान्ता बास्तोला तथा शिक्षकहरू लक्ष्मी पौडेल, जुनु भुजेल, गणेशराज लोहनी, भवनाथ गौतम, अनिता के.सी. र मुना न्यौपाने लगायतको उपस्थिति रहेको थियो।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

You cannot copy content of this page