दमौलीमा लागूऔषध गाँजासहित एक जना पक्राउ
दमौली — जिल्ला प्रहरी कार्यालय तनहुँले लागूऔषध गाँजासहित एक जनालाई पक्राउ गरेको छ।
व्यास नगरपालिका–२, उत्तरशिलामा डेरा गरी बस्ने २९ वर्षीय पूर्ण ब. थापाको कोठामा गाँजा रहेको भन्ने गोप्य सूचनाको आधारमा प्रहरीले मिति २०८३ वैशाख २३ गते दिउँसो करिब २ बजे खानतलासी गरेको थियो।

खानतलासीका क्रममा करिब ९०० ग्राम लागूऔषध गाँजा र एउटा मोबाइल फोन बरामद गरिएको प्रहरीले जनाएको छ। पक्राउ परेका थापालाई नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ।


























