कांग्रेसका भ्रातृ संस्थामा नयाँ नेतृत्व, कटुवाल, कोइराला र खरेललाई जिम्मेवारी

कांग्रेसका भ्रातृ संस्थामा नयाँ नेतृत्व, कटुवाल, कोइराला र खरेललाई जिम्मेवारी


काठमाडौं — नेपाली कांग्रेसले लामो समयदेखि तदर्थ अवस्थामा रहेका आफ्ना प्रमुख भ्रातृ संस्थाहरूमा नयाँ नेतृत्व मनोनयन गरेको छ। पार्टी सभापति गगन थापाले केन्द्रीय कार्यसम्पादन समितिको म्याण्डेटअनुसार नेपाल विद्यार्थी संघ, नेपाल तरुण दल र नेपाल महिला संघमा नयाँ अध्यक्ष नियुक्त गरेका हुन्।
नयाँ जिम्मेवारीअनुसार करुणा कटुवाललाई नेपाल विद्यार्थी संघ, मनिष कोइरालालाई नेपाल तरुण दल तथा मीना खरेललाई नेपाल महिला संघको नेतृत्व सुम्पिएको छ।

नवनियुक्त अध्यक्षहरूलाई आ–आफ्नो संगठनको महाधिवेशन सम्पन्न गराउने मुख्य जिम्मेवारी दिइएको छ। लामो समयदेखि तदर्थ अवस्थामा रहेका भ्रातृ संस्थामा नयाँ नेतृत्व आएसँगै संगठनलाई थप सक्रिय र गतिशील बनाउने अपेक्षा गरिएको छ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

You cannot copy content of this page