देवघाटमा राष्ट्रिय स्वतन्त्र पार्टीको प्रथम वडा अधिवेशन सम्पन्न
तनहुँको देवघाट गाउँपालिका–५ मा राष्ट्रिय स्वतन्त्र पार्टी (RSP) को प्रथम वडा कमिटी अधिवेशन सम्पन्न भएको छ। अधिवेशनबाट नारायण सापकोटा सभापतिमा चयन हुनुभएको छ।
नवगठित कार्यसमितिको उपसभापतिमा भारती शर्मा, सचिवमा गोमा न्यौपाने चयन हुनुभएको छ भने सदस्यहरूमा निशा दाहाल, श्याम गुरुङ, बुद्ध ब. बोट, यकुमाया थापा, सुशील ढकाल, यज्ञराज न्यौपाने तथा रामबहादुर हमाल निर्वाचित हुनुभएको छ।
कार्यक्रम पार्टी संयोजक गोविन्द न्यौपानेको अध्यक्षतामा सम्पन्न भएको थियो। कार्यक्रममा प्रमुख अतिथिका रूपमा क्षेत्रीय सदस्य तथा पार्टी स्वास्थ्य विभागका उपप्रमुख डा. रुपक घिमिरे उपस्थित हुनुहुन्थ्यो। त्यसैगरी जिल्ला सभापति विश्व बास्तोला, जिल्ला संगठन प्रमुख अनिल श्रेष्ठ, भानु नगर सभापति विष्णु प्रसाद पोख्रेल, बन्दीपुर पालिका प्रमुख राम श्रेष्ठ, समानुपातिकतर्फका मानकाजी श्रेष्ठ तथा क्षेत्रीय निर्वाचन कमिटी सदस्य किरण सुवेदीलगायतको उपस्थिति रहेको थियो।

अधिवेशनले देवघाट क्षेत्रमा पार्टी संगठन विस्तार, जनसम्पर्क सुदृढीकरण तथा स्थानीय तहमा सक्रिय राजनीतिक सहभागिता बढाउने प्रतिबद्धता व्यक्त गरेको छ।


























