तनहुँ जिल्लास्तरीय डि लेभल ब्याडमिन्टन प्रतियोगिता सम्पन्न , थापा र रानाको जाेडी प्रथम

तनहुँ जिल्लास्तरीय डि लेभल ब्याडमिन्टन प्रतियोगिता सम्पन्न , थापा र रानाको जाेडी प्रथम


दमौली । तनहुँ जिल्लास्तरीय डि लेभल ब्याडमिन्टन प्रतियोगिता दमौलीस्थित कभर्डहलमा सम्पन्न भएको छ। Narendra & Sons Sports Shop को आयोजनामा सम्पन्न प्रतियोगितामा आकाश थापा र बिपिन रानाको जोडी प्रथम भएको छ।
प्रतियोगितामा रामबहादुर राना र गणेश थापाको जोडी द्वितीय भए भने अमर थापा र पुष्प गुरुङको जोडी तृतीय बनेका छन् ।यस्तै अर्को तृतीय स्थानमा सरोज जमरकट्टेल र राजु गुरुङको जोडी रहेका छन् ।
प्रतियोगितामा प्रथम , द्धितीय तथा तृतीय स्थान हासिल गर्ने टोलीलाई क्रमशः २५ हजार, १५ हजार र ६/६ हजार रुपैयाँ नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिएको आयोजकले जनाएको छ।

आयोजक Narendra & Sons Sports Shop का प्रोप्राइटर नरेन्द्र श्रेष्ठका अनुसार दमौलीमा ब्याडमिन्टन खेलको विकास र खेलाडीलाई प्रोत्साहन गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको हो।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

You cannot copy content of this page