राष्ट्रिय स्वतन्त्र पार्टी म्याग्देकाे सभापतिमा मनाेज , उपसभापतिमा अनिल

राष्ट्रिय स्वतन्त्र पार्टी म्याग्देकाे सभापतिमा मनाेज , उपसभापतिमा अनिल


दमौली । राष्ट्रिय स्वतन्त्र पार्टी म्याग्दे गाउँपालिकाको नयाँ कार्यसमिति चयन गरिएको छ। सम्पन्न अधिवेशनबाट मनोज अधिकारी सभापतिमा चयन भएका छन्।
त्यस्तै उपसभापतिमा अनिल अधिकारी चयन भएका छन्। यस्तै सचिवमा मैना थापा र सहसचिवमा निशान नेपाली चयन भएका छन्।
समितिकाे सदस्यहरूमा शशीकुमार श्रेष्ठ, उदयराज आचार्य, पवित्रा नेपाली, लक्ष्मण श्रेष्ठ र सुदीप अर्याल रहेका छन्।

यस्तै जिल्ला प्रतिनिधिमा रन्जित आले , दीपक श्रेष्ठ र जयकाली वाग्ले खनाल तथा फणीन्द्र घिमिरे चयन भएका छन् भने प्रदेश प्रतिनिधिमा प्रदीप थापा चयन भएका छन्। यस्तै महाधिवेशन प्रतिनिधिमा प्रकाश घिमिरे चयन भएको नवनिर्वाचित उपसभापति अनिल अधिकारीले बताए ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

You cannot copy content of this page