आँबुखैरेनीबाट ७०७ ट्याब्लेट लागुऔषधसहित एक जना पक्राउ
दमौली । तनहुँको आँबुखैरेनी गाउँपालिका–४ बेनीटारस्थित पृथ्वी राजमार्गमा प्रहरीले ७०७ ट्याब्लेट लागुऔषधसहित एक जनालाई पक्राउ गरेको छ।
मंगलबार साँझ करिब ५ बजे अस्थायी प्रहरी पोष्ट मुग्लिङ पुलजिप तनहुँबाट खटिएको चेकिङ टोलीले मुग्लिङबाट दमौलीतर्फ आउँदै गरेको ग.प्र.०३–००१ ख ००३३ नम्बरको बस जाँच गर्ने क्रममा जिल्ला धादिङ नीलकण्ठ नगरपालिका–१२ निवासी २६ वर्षीय प्रकाश बिकलाई नियन्त्रणमा लिएको हो।

प्रहरीका अनुसार उनले पछाडि भिर्ने झोलाभित्र लुकाएर राखेको ७०७ चक्की टापेन्टाडोल (Tapentadol) बरामद गरिएको छ। पक्राउ परेका बिकलाई थप अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय आँबुखैरेनीमा राखिएको प्रहरीले जनाएको छ।




























