गण्डकी प्रदेशस्तरीय ब्याडमिन्टनमा तनहुँको ऐतिहासिक सफलता, समग्रतर्फ प्रथम

गण्डकी प्रदेशस्तरीय ब्याडमिन्टनमा तनहुँको ऐतिहासिक सफलता, समग्रतर्फ प्रथम


तनहुँ – जिल्ला खेलकुद विकास समिति पर्वतको आयोजनामा सम्पन्न गण्डकी प्रदेशस्तरीय ब्याडमिन्टन प्रतियोगिता–२०८३ मा तनहुँले ऐतिहासिक सफलता हासिल गर्दै समग्रतर्फ प्रथम स्थान कब्जा गरेको छ।
दुई दिनसम्म सञ्चालन भएको प्रतियोगितामा तनहुँले ३ स्वर्ण पदक जित्दै शीर्ष स्थान सुरक्षित गरेको हो। स्याङ्जाले २ स्वर्ण र १ कास्य पदकसहित दोस्रो तथा आयोजक पर्वतले २ रजत र १ कास्य पदकसहित तेस्रो स्थान हासिल गरेका छन्।
प्रतियोगितामा म्याग्दी र कास्की संयुक्त रूपमा चौथो, नवलपुर पाँचौं, बागलुङ छैटौं, लमजुङ सातौं तथा मुस्ताङ आठौं स्थानमा रहेका छन्।
तनहुँका कोच सुमन श्रेष्ठका अनुसार गण्डकी प्रदेशका विभिन्न जिल्लाबाट खेलाडीहरूको उत्साहजनक सहभागिता रहेको प्रतियोगितामा तनहुँका खेलाडीहरूले उत्कृष्ट प्रदर्शन गर्दै समग्र उपाधि जित्न सफल भएका हुन्। उहाँले यो उपलब्धिलाई तनहुँ जिल्लाको ब्याडमिन्टन इतिहासकै महत्वपूर्ण सफलतामध्ये एक भएको बताउनुभयो।

जिल्ला खेलकुद विकास समिति पर्वतका अध्यक्ष जंगबहादुर पुन (बुद्ध)ले प्रतियोगिताले गण्डकी प्रदेशमा ब्याडमिन्टन खेलको विकास, खेलाडीबीच अनुभव आदान–प्रदान तथा प्रतिस्पर्धात्मक क्षमताको अभिवृद्धिमा महत्वपूर्ण योगदान पुर्‍याएको बताउँदै आगामी दिनमा यस्ता प्रतियोगितालाई अझ व्यवस्थित र प्रभावकारी रूपमा सञ्चालन गरिने विश्वास व्यक्त गर्नुभयो।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

You cannot copy content of this page