व्यास नगरपालिकाको ७२.८४ प्रतिशत बजेट खर्च, चालूतर्फ ९१.३७ र पूँजीगततर्फ ४९.२२ प्रतिशत

व्यास नगरपालिकाको ७२.८४ प्रतिशत बजेट खर्च, चालूतर्फ ९१.३७ र पूँजीगततर्फ ४९.२२ प्रतिशत


दमौली, तनहुँ — व्यास नगरपालिकाले आर्थिक वर्ष २०८२/०८३ मा कुल रु. १ अर्ब २४ करोड १८ लाख ६० हजार ६०५ रुपैयाँ १३ पैसा खर्च गरेको जनाएको छ। यो कुल विनियोजित बजेटको ७२.८४ प्रतिशत हो।
नगरपालिकाका अनुसार चालूतर्फ ९१.३७ प्रतिशत खर्च भएको छ भने पूँजीगततर्फ ४९.२२ प्रतिशत मात्र खर्च भएको छ। चालू खर्चको तुलनामा पूँजीगत खर्च कम हुँदा विकास निर्माणका योजनाको कार्यान्वयन अपेक्षाअनुसार हुन नसकेको देखिएको छ।


नगरपालिकाले आर्थिक वर्षभर सञ्चालन भएका प्रशासनिक, सेवा प्रवाह तथा विकास निर्माणसम्बन्धी कार्यक्रमको खर्च विवरण सार्वजनिक गर्दै उक्त तथ्यांक सार्वजनिक गरेको हो।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

You cannot copy content of this page