बझाङमा काङ्ग्रेस उम्मेदवार सिंहकाे २ सय ५९ मतको अग्रता

बझाङमा काङ्ग्रेस उम्मेदवार सिंहकाे २ सय ५९ मतको अग्रता

बझाङ प्रदेशसभा १ मा कांग्रेसका उम्मेदवार अभिषेक बहादुर सिंहले २५९ मतले अग्रता बनाएका छन् । 
सोमबार बिहानको अद्यावधिक विवरणअनुसार नले ८ हजार ८७४ मत पाउँदा एमालेका उम्मेदवार दमन बहादुर भण्डारीले ८ हजार ६१५ मत पाएका छन् ।


यस्तै माओवादी केन्द्रका जनकबहादुर बुढाले ३ हजार २१५ मत पाएका छन् भने एकीकृत समाजवादीका दिलबहादुर सिंहले २३१० मत पाएका छन् । 
हालसम्म सो निर्वाचन क्षेत्रमा २३ हजार ३७३ मत गणना सकिएको छ । बझाङमा शनिबार भएको उपनिर्वाचनमा ३० हजार ३२८ मत खसेको छ । 

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

You cannot copy content of this page