सनातन हिन्दूराष्ट्र नेपाल स्थापना महाअभियान;

सनातन हिन्दूराष्ट्र नेपाल स्थापना महाअभियानमा पदाधिकारी थप माघ,२८ । नेपाली कांग्रेस सनातन हिन्दू राष्ट्र नेपाल स्थापना महाअभियानमा पदाधिकारी थप गरिएको छ ।

अभियानका संयोजक कांग्रेस केन्द्रीय सदस्य शंकर भण्डारीको अध्यक्षतामा आइतबार बसेको बैठकले सहसंयोजकमा कांग्रेस केन्द्रीय सदस्य देवेन्द्रराज कंडेल र कांग्रेस नेता लोकेश ढकाललाई चयन गरेको छ । त्यस्तै महाअभियानको कोषाध्यक्षमा भानुभक्त ढकाल चयन गरिएको छ ।

बैठकले सल्लाहकार परिषदको संयोजकको जिम्मेवारी नेपाली कांग्रेसका केन्द्रीय सदस्य लक्ष्मण घिमिरेलाई तोकेको छ । बैठकले कांग्रेसको महासमिति बैठक पूर्व फागुन ५ गते वानेश्वर बैकेटमा महासमिति बैठकमा पेश गर्ने एजेण्डाका विषयमा छलफल गर्ने तथा महाअभियानको घोषाणा पत्र जारी गर्ने निर्णय गरेको छ ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

You cannot copy content of this page