तेजुलाललाई लिएर शितल निवास पुगेका थिए महामन्त्री थापा

तेजुलाललाई लिएर शितल निवास पुगेका थिए महामन्त्री थापा


काठमाण्डौं,०१ साउन । एमाले अध्यक्ष केपी ओलीको नेतृत्वमा २२ सदस्यीय मन्त्रिमण्डल गठन भएको छ ।
नवगठित मन्त्रिमण्डलमा कांग्रेसको तर्फबाट १० जनाले प्रतिनिधित्व गरेका छन् ।काग्रेसको तर्फबाट १० जनाले प्रतिनिधित्व गर्दै गर्दा १० जनामा पनि भागवण्डा भएको छ ।जस अनुसार ४ जना संस्थापन इतर समूहले पाएको छ भने ,१ जना पूर्वमहामन्त्री शंशाक कोइरालाले पाएका छन् भने उपप्रधानमन्त्रीमा प्रकाशमान सिंह आफू सहभागी भएका छन् ।

बाँकी ४ जना सभापति देउवा निकट व्यक्तिहरु मन्त्रिमण्डलमा सहभागी भएका छन् । कांग्रेसका १ जना मध्ये तेजुलाल चौधरी राष्ट्रपति रामचन्द्र पौडेलको कोटमा मन्त्री बन्न पुगेका छन् । राष्ट्रपति पौडेलले विगतमा नै मन्त्री बनाउन चाहेका थिए तर अनुकल हुन सकिराखेको थिएन ।यसपटक भने संस्थापन इतरले समेत साथ दिएपछि राष्ट्रपति पौडेललाई मन्त्री बनाउन सहज भएको छ ।


चौधरीलाई मन्त्री बनाउनु पूर्व महामन्त्री गगन थापाको साथमा चौधरी राष्ट्रपति पौडेललाई भेट्न पुगेका थिए ।यता गृह जिल्ला निर्वाचित सांसदलाई मन्त्री बनाउने विषयमा उदासिन देखाएको बिषयमा राष्ट्रपति पौडेलको गृह जिल्लामा आलोचना भएको छ । गृह जिल्लाका पौडेललाई जिताएर पठाई दिनुपर्ने उनले भने केही गर्न नपर्ने भनेर जिल्लाबासीले आलोचना गरेका छन् ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

You cannot copy content of this page